नेपाल इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर लिलाममा, उपत्यका बाहिर र भित्र कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 14, 2018 | 02:51:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले असार ३ देखि असार १० गतेसम्मका लागि १ लाख ६१ हजार कित्ता शेयर लिलाम गर्न लागेको हो। 

कम्पनीले गत बैशाख ५ देखि जेठ ८ गतेसम्म १ बराबर १ अर्थात शत प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। कम्पनीले  संस्थापक समुह तर्फको २ हजार १७७ र सर्वसाधारण समुह तर्फको १ लाख ५८ हजार ९४६ कित्ता गरी कुल १ लाख ६१ हजार १२४ दशमलब १० कित्ता शेयर लिलाममा राखेको हो। 

कम्पनीले अवितरीत शेयर लिलाम मार्फत बिक्रि गर्नका लागि एनआईबिएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ। इच्छुक बोलकबोल दाताले असार ३ देखि असार १० सम्मका लागि एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल र शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर बाट आवेदन दिन सक्ने छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने  छ ।  

बोलकबोलदाताले सर्वसाधारण तर्फको शेयरमा प्रति कित्ता मूल्य न्यूनतम १०० रुपैयाँका दरले कम्तिमा पनि १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्छ भने संस्थागत तर्फको लिलामको शेयरमा कम्तिमा १ हजार कित्ताको लागि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम एनआईबिएल एस क्यापिटलको कुमारी बैंकमा रहेको खाता नम्बर  ०१२४५२४६१७१०००१८ मा जम्मा गर्नुपर्ने हुन्छ।   

हकप्रद बिक्रि तथा वितरण पश्चात नेपाल इन्स्योरेन्सको चुक्ता पुंजी ६० करोड ३९ लाख पुग्नेछ। शत प्रतिशत हकप्रद बिक्रि गरेको नेपाल इन्स्योरेन्सले ४.५२ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ। बोनस शेयर वितरण पश्चात चुक्ता पुंजी ६१ करोड ७६ लाख पुग्नेछ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved