आरएसडीसी लघुवित्तको हकप्रद भर्नुभयो ? यस्तो छ शेयरधनिहरुलाई लघुवित्तले जारि गरेको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 25, 2018 | 10:12:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ देखि हकप्रद बिक्रि रहेको छ। लघुवित्तले ५ बराबर ३ कित्ता शेयरका दरले असार १७ देखि साउन २० सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो। 

हकप्रद प्रयोजनार्थ लघुवित्तले जेठ २२ गते बुक क्लोज गरेकाले जेठ २१ सम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद भर्न पाउनेछन। लघुवित्तले २१  करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद बिक्रि खुला गरेको हो। 

जेठ २१ सम्म कायम इच्छुक शेयरधनीहरुले लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौँ तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल ललिपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सक्ने छन्।

त्यस्तै लघुवित्तको बुटवल रुपन्देही स्थित कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका भित्र बाहेकका सम्पूर्ण शाखा कार्यालयबाट र नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सी-आस्वामा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत समेत आबेदन दिन सक्नेछन।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved