नागवेली लघुवित्तको हकप्रद भर्नुभयो ? नजिकिदै छ अन्तिम मिति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 08:31:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नागवेली लघुवित्तले साउन ४ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ ।

 कम्पनीले एक बराबर एक अनुपातमा ७ करोड ६६ लाख ४६ हजार ३०० रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद बिक्रि खुला गरेको हो ।

असार २० गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले भदौ ७ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

लगानीकर्ताले सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन् । साथै एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकका शाखा कार्यालयहरु, नागबेली लघुवित्तको कार्यायल विर्तामोड झापा, गुडविल फाइनान्सको शाखाहरु हात्तिसार, डिल्लिबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल र चाबहिल र कामना विकास बैंकको ज्ञानेश्वर शाखाबाट आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ  रहेकोमा शत प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved