आरएसडिसी लघुवित्तले २ लाख ९१ हजार कित्ता शेयर लिलामी गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 31, 2018 | 08:49:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले हकप्रदमा अवितरित २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलामी गर्ने भएको छ ।


कम्पनीले २ लाख ६ हजार २२७ कित्ता संस्थापक र ८५ हजार २६३ कित्ता सर्वसाधारण  शेयर लिलाम गर्ने भएको हो ।

लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म  ५:३ को अनुपातमा हकप्रद निष्काशन गर्दा यी शेयरको लागि आवेदन नपरेको हो। लिलामको शेयरमा भदौ १८ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिनको लागि बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, ललितपुर, पोखरा, बुटवल, विरगन्ज, विराटनगर र नेपाल इन्भेष्टेमन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ, धनगढीकेन्द्र तोकिएका छन् । 

शेयर आवेदन दिदाँ सर्वसाधारणतर्फको लागि कम्तिमा १ सय कित्ता संस्थापकको १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । 

हकप्रद बिक्रि तथा वितरण पछि कम्पनीको चुक्ता पुंजी  ५७ करोड ६० लाख पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved