मिर्मिरे लघुवित्तको दश हजार कित्ता सेयर लिलाममा, उपत्यका बाहिर र भित्र कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 09:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले यहि भदौ २६ देखि असोज ४ सम्मका लागि हकप्रदमा अवितरित ९ हजार ७५३ कित्ता सेयर लिलाम गर्ने भएको हो। 

लघुवित्तले १ बराबर १ को अनुपातमा गत असार २७ देखि साउन २८ सम्मका लागि हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। कम्पनीले सर्वसाधारण समुह तर्फको ९ हजार ७५३ कित्ता सेयर लिलाममा राखेको छ। 

कम्पनीले अवितरीत शेयर लिलाम मार्फत बिक्रि गर्नका लागि एनआईबिएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धक तोकेको छ। इच्छुक बोलकबोल दाताले भदौ २६ देखि असोज ४ सम्मका लागि एनआईबिएल एस क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल र शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर बाट आवेदन दिन सक्ने छन्। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने छ। साथै मिर्मिरेको बनेपा-८ काभ्रेपलान्चोक स्थित कार्यालयबाट समेत आबेदन फारम प्राप्त गरि बुझाउन सकिनेछ।   

बोलकबोलदाताले सर्वसाधारण तर्फको शेयरमा प्रति कित्ता मूल्य न्यूनतम १०० रुपैयाँका दरले कम्तिमा पनि १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम एनआईबिएल एस क्यापिटलको कुमारी बैंकमा रहेको खाता नम्बर ००१००१०४८१५००००१ मा जम्मा गर्नुपर्ने हुन्छ।   

शतप्रतिशत हकप्रद बिक्रि बितरण पश्चात मिर्मिरेको चुक्ता पुंजी १० करोड ३८ लाख पुग्नेछ। हालै मात्र मिर्मिरेले हकप्रदले समेत पाउनेगरि २४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। बोनस वितरण पश्चात मिर्मिरेको चुक्ता पुंजी १२ करोड ८७ लाख पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved