समता माइक्रोफाइनान्सको १६ हजार कित्ता शेयर लिलामीमा, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 08:39:42 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले असोज ६  गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र संस्थापक गरी कुल १६ हजार ५ सय ६८ कित्ता शेयर लिलाम गर्न लागेको हो । जस मध्ये ३९ सय कित्ता संस्थापक र बाँकि १२ हजार ६ सय ६८ कित्ता सर्वसाधारण तर्फको रहेका छन् ।

 कम्पनीको बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले असोज १४  गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

 लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगञ्ज, वीराटनगरबाट शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ । त्यसैगरि, इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, धनगढी र सेन्ट्रल फाईनान्सको केन्द्रीय कार्यालय कुपण्डोलबाट पनि आवेदन बुझाउन सकिने छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम कित्ताका लागि माग गर्न सकिने छ छ । 

कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा यी शेयर बिक्रि नभएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved