१० लाख ४४ हजार कित्ता शेयर लिलाम गर्दै सहारा विकास बैंक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 01, 2018 | 08:06:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकले कार्तिक १८ गतेबाट हकप्रदमा आवितरित शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापकतर्फको ९ लाख २८ हजार २४८.७० र सर्वसाधारणतर्फको १ लाख १६ हजार ७.३० कित्ता गरी कुल १० लाख ४४ हजार २५६ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

शेयर लिलामको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक बोलकबोलदाताले कार्तिक १८ गतेदेखि मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

 शेयरमा आवेदन दिंदा प्रति कित्ता न्युनतम एक सय रुपैयाँ र सो भन्दा माथिको मूल्य तोकेर आवेदन दिनु पर्ने छ । संस्थागत समूहको लागि न्युनतम १ हजार र सर्वसाधारण शेयरको लागि न्युनतम एक सय कित्ताको लागि आवेदन दिनु पर्ने छ। 

एनआईबिएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट, लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज, र विराटनगरबाट आवेदन दिन सकिने छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ र धनगढी तथा सहारा विकास बैंकको सर्लाहीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको शेयर लिलामीबाट बिक्री गर्ने भएको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved