नागबेली लघुवित्तको सेयर लिलाममा, उपत्यका बाहिर र भित्र कहाँबाट दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2018 | 08:52:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रदमा अवितरित साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले मङ्सिर ५ देखि मङ्सिर १२ गतेसम्मका लागि ९ हजार ५१८.४४ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्ने जनाएको छ। 

लघुवित्तले गत साउन ४ देखि भदौ ५ सम्म हकप्रद बिक्रि खुला गर्दा साधारणसमुह तर्फको अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताका लागि आबेदन दिनुपर्नेछ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन।

प्रत्येक व्यक्ति वा संघसंस्थाले लघुवित्तले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।     

आबेदन फारम लिन र बुझाउन एनएमबि क्यापिटलको कार्यालय नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको बिराटनगर, बिरगंज, बुटवल, पोखरा, नेपालगंज, सुर्खेत, र धनगढी स्थित शाखा कार्यालय तोकिएका छन।

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनएमबि बैंकमा NMBCL-Right NLBSL 2074/75 नामको खाता नम्बर ००१००६००००५४०१००००२२३ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।

हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी १५ करोड ३२ लाख पुग्नेछ। हालै मात्र लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १६.११ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। बोनस सेयर वितरणपछि लघुवित्तको चुक्तापुंजी १७ करोड ७८ लाख पुग्नेछ।      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved