रसुवागढी हाइड्रोको आइपीओ बिक्रि खुला, एक हजारको सेयर भर्ने सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 11:57:59 AM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी हाइड्रोपावर कम्पनीले बैशाख ६ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गरेको छ। 

यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । 

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि आइपीओमा आबेदन दिन सकिनेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved