एशियन लाइफको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीले जारि गरेको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 09:25:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले चैत्र २५ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ । कम्पनीले १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले ७५ लाख ४० हजार ३ सय ५२ दशमलव ७३ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

हकप्रद भर्नको लागि कम्पनीले फागुन २२ गतेका लागी बुक क्लोज मिति तोकेको छ । फागुन २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख २९ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २५ करोड रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved