९० हजार कित्ता बढी संस्थापक शेयर लिलाम गर्दै गुराँस लाइफ, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 07:16:11 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited ले हकप्रदमा अवितरित संस्थापक शेयर पुन: लिलाम गर्ने भएको छ । कम्पनीले ९० हजार ५ सय ७१ कित्ता शेयर लिलाम गर्ने भएको हो ।

पहिलो पटक लिलाम हुँदा संस्थापकहरुबाट पूर्ण आवेदन नपरेकोले यस पटक जो कोहिले पनि आवेदन दिन सक्ने गरी लिलाम खुला गरिएको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । उक्त लिलाममा साउन ३ गते देखि साउन १० गते सम्म बोलपत्र पेश गर्न सकिने छ । यस अघिको लिलाममा संस्थापक तर्फको कट अफ मूल्य १०७ कायम भएको थियो  ।

 कम्पनीले चैत २८ देखि २:१ को अनुपातमा ५० प्रतिशतको दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।  हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ९३ करोड ८५ लाख पुग्ने छ ।   इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।  शतप्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पुंजी १ अर्ब ८७ करोड पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved