एभरेष्ट इन्स्योरेन्सको शेयर लिलाममा, साउन २९ देखि आबेदन खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 07:34:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स कम्पनी Everest Insurance Company Limited  ले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। यहि साउन २९ देखि भदौ ८ सम्मको लागि ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रि गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले जारि गरेको सूचनाअनुसार सँस्थापक तर्फ १ लाख ४६ हजार ५७५ तथा साधारण तर्फ ३ लाख ८३ हजार २०५ गरि कुल ५ लाख २९ हजार ७८० कित्ता सेयर लिलाम मार्फत बिक्रि गरिने भएको छ। इच्छुकले भदौ ८ गते बैंकिंग कार्यालय समय भित्र नै आबेदन दिईसक्नुपर्नेछ।   

इच्छुक बोलकबोल दाताले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल तथा सिद्दार्थ बैंकका तोकिएका शाखा र एभरेष्ट इन्स्योरेन्सको हात्तिसार स्थित कार्यालयबाट फर्म प्राप्त गरि आबेदन दिन सक्नेछन।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरधनीले मात्र संस्थापक सेयरका लागि आबेदन दिन पाउनेछन।

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम सिद्दार्थ क्यापिटलको नाममा रहेको सिद्दार्थ बैंक, हात्तिसार शाखामा रहेको खाता नम्बर ००११५४३०३८६ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।      

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब ९ करोड पुग्नेछ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved