वोमी माइक्रोफाइनान्स वित्तीय संस्था Womi Microfinance Bittiya Sanstha Limited ले हकप्रद साउन ९ गतेदेखि बिक्रि भईरहेको छ। कम्पनीले १:१ को अनुपात अर्थात् शतप्रतिशतका दरले १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले भदौ ११ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन्। हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
असार २६ सम्म कायम सेयरधनीले वोमी लघुवित्तको भरत, चितवन लगायतका सबै शाखा, सिद्दार्थ क्यापिटलको नारयणचौर नक्साल शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सीआस्वा प्रणाली मार्फत समेत हकप्रदमा आबेदन दिन सक्नेछन।
गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले नागरिक लघुवित्तलाई गाभ्न्को लागि सम्झौता गरिसकेको छ । नागरिक लघुवित्तको चुक्ता पुँजी १ करोड ७५ लाख रुपैयाँ रहेको छ ।