नमस्तेको शतप्रतिशत हकप्रद पुष ८ देखि, २४ प्रतिशत बोनस पाउन कहिलेसम्म शेयर किन्ने ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2016 | 12:44:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नमस्ते वित्तीय वित्तीय संस्था लिमिटेडले पुष ८ देखि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। नमस्तेले ३ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ७५ हजार कित्ता शेयर हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 

नमस्तेले शतप्रतिशत हकप्रद निष्काशनका लागि मङ्सिर २४ देहि पुष ९ सम्म बुक क्लोज गर्ने निर्णय गरेकाले मङ्सिर २३ सम्म कायम शेयरधनीहरुले शतप्रतिशत हकप्रद भर्न पाउने छन। 

मङ्सिर २३ सम्म कायम इच्छुक शेयरधनीहरुले नमस्तेको शतप्रतिशत हकप्रद भर्नका लागि कम्पनीको शेयर निश्कासक तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडका साथै एनएमबी बैंक लिमिटेड र यसका शाखा कार्यालय तथा नमस्ते वित्तीय संस्था दाङ, घोराइबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन। 

शत प्रतिशत हकप्रद वितरणपछि नमस्ते वित्तीय संस्थाको चुक्ता पुंजी ७ करोड ५० लाख रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पुंजी ३ करोड ७५   लाख रुपैयाँ रहेको छ। नमस्ते वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, 

नमस्तेले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलब २६३१६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब गरेको छ। उक्त प्रस्ताब नमस्तेको पुष ९ मा बस्ने बार्षिक साधारणसभाले पारित गर्ने छ।

मङ्सिर २४ देखि पुष ९ सम्म बुक क्लोज गर्ने निर्णयगरेकाले मङ्सिर २३ सम्म कायम शेयरधनीले मात्र नमस्तेको बोनस शेयर पाउने छन। हाल कायम ३ करोड ७५ लाखको २४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुंजी ९० करोडले बढ्ने छ।   

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved