जनउत्थान लघुवित्तको शेयर लिलाममा, भदौ १० देखि आबेदन खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2019 | 02:43:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले यसअघि हकप्रद बिक्रि खुला गर्दा अवितरित साधारण तर्फको १८ हजार ५०३ कित्ता लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

लघुवित्तले जारि गरेको सूचनाअनुसार इच्छुक बोलकबोल दाताले भदौ १० गतेदेखि भदौ १७ गते बैंकिंग समय भित्र नै आबेदन दिईसक्नुपर्नेछ।   

इच्छुक बोलकबोल दाताले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल तथा सिद्दार्थ बैंकका तोकिएका शाखा र लघुवित्तको बुटवल रुपन्देही स्थित कार्यालयबाट फर्म प्राप्त गरि आबेदन दिन सक्नेछन।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम सिद्दार्थ क्यापिटलको नाममा रहेको सिद्दार्थ बैंक, हात्तिसार शाखामा रहेको खाता नम्बर ००११५४३४८६८ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।      

लघुवित्तले १०० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी २ करोड ८८ लाख पुग्नेछ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved