ग्लोबल आइएमई लघुवित्तको शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2019 | 10:15:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited  ले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले यसअघि हकप्रद बिक्रि खुला गर्दा अवितरित सर्वसाधारण समुहतर्फको ५६ हजार ५ सय ६१ कित्ता लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

लघुवित्तले जारि गरेको सूचनाअनुसार इच्छुक बोलकबोल दाताले असोज २८ गतेदेखि कात्तिक ५ गते बैंकिंङसमय भित्र नै आबेदन दिईसक्नुपर्नेछ।   

इच्छुक बोलकबोल दाताले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट फर्म प्राप्त गरि आबेदन दिन सक्नेछन।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले बैंकले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम ग्लोबल आइएमई क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक  शाखामा रहेको खाता नम्बर ००१००१७१४६०००००६ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।    

कम्पनीले साउन २१ देखि भदौ २३ गते सम्म  १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जस मध्ये १० लाख ४८ हजार १४ कित्ता शेयरको लागि मात्र आवेदन परेको बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। कम्पनीले बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो।

हाल लघुवितको चुक्ता पुंजी ११ करोड ४ लाख रहेको छ। लिलाम बढाबढ मार्फत हकप्रदमा अवितरित सेयर बिक्रि तथा वितरण पश्चात चुक्तापुंजी  २२ करोड ८ लाख पुग्ने छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved