त्रिबेणी विकासबैंकको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 08:52:08 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिबेणी विकास बैंकले जारी गरेको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो। बैंकले कार्तिक २३ देखि मङ्सिर २७ सम्मको ३५ दिनको लागि लागि ५० प्रतिशत हकप्रद बिक्रि खुला गरेको हो। 

जनता बैंकसंग मर्जर प्रक्रियामा रहेको त्रिबेणी विकास बैंकले प्रति कित्ता १०० रुपियाँको दरले ४१ लाख कित्ता हकप्रद बिक्रि खुला गरेको हो। कार्तिक १ मै बुक क्लोज गरिएकाले असोज ३० सम्म बैंकको शेयर खरिद गरेका लगानीकर्ताले मात्र हकप्रदको लागि आवेदन दिन  सक्ने छन्  ।  

यो पनि: १९ प्रतिशत बोनस पारित गर्दै त्रिबेणीको साधारण सभा सम्पन्न, एकीकृत कारोबार कहिले ? 

असोज ३० सम्म कायम इच्छुक शेयरधनीहरुले हकप्रद भर्नका लागि बैंकको सेयर निष्कासन तथा बिक्रि प्रबन्धक एस क्यापिटल, बैंकका सम्पूर्ण शाखा कार्यालय, एस डेभलपमेन्टका सम्पूर्ण शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर तथा धनगढी शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन। 

यो पनि: जनता बैंक र त्रिबेणी विकास बैंक एकआपसमा गाभिने, कति तोकियो स्वाप रेसियो ?

१९ प्रतिशत बोनस शेयर पारित गरेसंगै बैंकको चुक्ता पुंजी ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ।  बैंकले गत आर्थिक बर्षमा १९ करोड नाफा कमाएको थियो  । 

जनता बैंक र त्रिबेणी विकास बैंक एकआपसमा गाभिने भएपछि नेपाल स्टक एक्सचेन्जमा त्रिबेणीको शेयर कारोबार रोक्का गरिएको छ।   

यो पनि : त्रिबेणी बैंकद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान

कहाँ दिने आवेदन ? 
शेयरधनीले एक क्यापिटलको कार्यालय लालदरबार, त्रिवेणी विकास बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु, एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु र महालक्ष्मी विकास बैंकको महेन्द्रनगर र धनगढी शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved