नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 12:41:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता मात्रै १० लाख कित्ता साधारण शेयर सुचिकृत भएको नेशनल माइक्रोफाइनान्सको नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार खुला गरिएको छ।  

आज सोमबार अर्थात मङ्सिर २७ देखि कारोबार खुला गरिएको माइक्रोफाइनान्सको बैंकको शेयर मूल्य प्रतिकित्ता सेयरमूल्य १६९ रुपैयाँदेखि ५०६  रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ। बैंकको एनएमएफबिएस कोडमा सेयर कारोबार भएको छ।   

माइक्रोफ़ाइनान्सले साउन १६ देखि १९ गते सम्मका ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। धादिड.मा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात ३ लाख कित्ता सर्बसाधारणमा निष्काशन गरेको हो।

माइक्रोफाइनान्सले गत आर्थिक बर्षको अन्त्यसम्म २ करोड ३२ लाख खुद नाफा गरेको थियो। ३ लाख कित्ता साधारण शेयर वितरणपछि  माइक्रोफ़ाइनान्सको चुक्ता पुंजी १० करोड रुपैयाँ पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved