युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता शेयर लिलाममा, आवेदन दिन १५ केन्द्र तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 08:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited ले झन्डै ५ लाख कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ४ लाख ९९ हजार १ सय ९२ दशमलव ६ कित्ता शेयर लिलाम गर्ने भएको हो । जस मध्ये सर्वसाधारणतर्फको ३ लाख ४१ हजार ५ सय ४३ कित्ता र बाँकि १ लाख ५७ हजार ६ सय ४९ दशमलव ६० कित्ता संस्थापक तर्फको रहेको छ ।

कम्पनीले यी शेयर मङ्सिर १० देखि मङ्सिर १७ सम्म लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले भदौ ३ गतेदेखि असोज २३ सम्म  १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved