एनएलजी इन्स्योरेन्सको हकप्रद भर्नुभयो ? यस्तो छ सेयरधनीहरुमा कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 12:38:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड NLG Insurance Company Limited  ले हकप्रद सेयर बिक्रि खुला गरेको छ। कम्पनीले गत फागुन २२ देखि १० बराबर ६ कित्ता अर्थात ६० प्रतिशतका दरले ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्रि खुला गरेको हो।

कम्पनीले हकप्रद सेयरका लागि माघ २७ गतेका लागि बुक क्लोज गरेकाले माघ २६ गतेसम्म कायम सेयरधनीहरुले  फागुन २२ गतेदेखि चैत १२ सम्ममा प्रतिकित्ता १०० रुपैयाँका दरले एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद भर्न पाउनेछन। नेपाल धितोपत्र बोर्डको नयाँ प्राबधानअनुसार निष्काशन खुला भएको २१ दिनसम्म हकप्रद बिक्रि खुला रहनेछ।

माघ २६ सम्म कायम इच्छुक सेयरधनीहरुले एनएलजीको इस्यु म्यानेजर लक्ष्मी क्यापिटल बानेश्वर कार्यलय, एनएलजी इन्स्योरेन्सको पानीपोखरी स्थित कार्यलय तथा मोरङ, रुपन्देही, काठमाडौंको ललितपुर, पर्सा, नेपालगंज, बाँके, कास्की का क्षेत्रीय कार्यलय, लक्ष्मी बैंकको काठमाडौंको न्युरोड र कलंकी तथा उपत्यका बाहिरका तोकिएका शाखाबाट आबेदन फर्म प्राप्त गरि दरखास्तसाथ रकम बुझाउन सकिनेछ । 

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सीआस्वा प्रणाली मार्फत समेत हकप्रदमा आबेदन दिन सकिनेछ । 

एनएलजी इन्स्योरेन्सको हक्रप्रदले इकरा नेपालबाट ग्रेड ३ पाएको छ, यसले कम्पनीको वित्तीय अवस्था औषत छ भन्ने देखाउँछ । हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्तापूंजी ६४ करोड ४ लाखबाट १ अर्ब २ करोड पुग्नेछ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved