देब बिकास बैंकको संस्थापक हकप्रद आजदेखि पुन:लिलाममा, जो कोहि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 09:10:21 AM मा प्रकाशित

laxmi  sunrise bank

देब विकास बैंकको अवितरित संस्थापक हकप्रद आजदेखि लिलाम बढाबढ मार्फत बिक्रि खुला गरिएको छ। बैंकले ३ लाख ५६ हजार २ सय ९७ दशमलब ३८ कित्ता हकप्रद सेयर पुन: लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।

यस अघि गत माघ ९ देखि गत फागुन २७ सम्म हकप्रद बिक्रि खुला गरि आबेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण रुपमा आबेदन नपरेकाले बैंकले पुन लिलाम बढाबढमा बिक्रि खुला गरेको हो। यस अघि बैंकले साधारण तर्फ २ लाख ३४ हजार ३ सय १८ दशमलब ०१ कित्ता सेयर र संस्थापक तर्फ ३ लाख ८३ हजार २ सय ९७ दशमलब ३८ कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि खुला गर्दा संस्थापक तर्फ मात्र २७ हजार कित्ताको लागि आबेदन परेको थियो।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारि गरिएको एकीकृत निर्देशिका, २०७३ को निर्देशन तथा धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा ७ को उप दफा ८ समेतको प्राबधानलाई आधार मानि उक्त सेयरहरु बोलकबोल बढाबढ गरि बिक्रि गर्दा लिलाम बढाबढमा ३ लाख ५६ हजार २ सय ९७ दशमलब ३८ कित्ता संस्थापक हकप्रदका लागि साबिकको संस्थापक सेयरधनीहरुबाट दरखास्त प्राप्त हुन नआएकाले जोकोहि व्यक्ति, कम्पनी, संघ, संस्थाले २०७३ असार १ सम्म आबेदन दिन सक्ने छन।


इच्छुक लगानीकर्ता तथा संघ, कम्पनी, बैंक तथा वित्तीय संस्थाले २०७४ असार १ सम्म सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलमा आइपुग्ने गरि आबेदन दिनु पर्ने छ। इच्छुक जो कोहिले जेठ २८ देखि असार १ सम्म आबेदन दिन सक्ने छन। बोलपत्रको नतिजा असार २ गते ११ बजे खोलिने छ।   

त्यस्तै इच्छुक संस्थापक सेयरधनीहरुले एनआईबिएल क्यापिटलको कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१५३३००१६ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखीएको संस्थापक हकप्रदमा आबेदन दिन सक्ने छन्।

देब बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १९ करोड ९० लाख खुद मुनाफा आर्जन गरेको छ। बैंकको संस्थापक सेयर पछिल्लो समय प्रति कित्ता १८१ रुपैयाँमा कारोबार भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved