टुरिजम डेभलपमेन्टको लिलामीमा राखेको अवितरित संस्थापक सेयरमा आबेदन दिने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 10, 2017 | 08:01:36 AM मा प्रकाशित

laxmi  sunrise bank

टुरिजम डेभलपमेन्ट बैंकले अवितरित संस्थापक हकप्रद सेयर पुन लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। बैंकले असार २९ गते देखि संस्थापक तर्फको ८२ हजार ५  सय २३ दशमलव ८० कित्ता हकप्रद पुन सेयर लिलाम बढाबढमा बिक्रि गर्न लागेको हो।  

इच्छुक बोलकबोल दाताले  असार २९  देखि साउन  ५  सम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्सले जनाएको छ। बोलपत्रको नतिजा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यलयमा साउन ६ मा ११ बजे खोलिने छ।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

 इच्छुक बोलकबोल दाताले NIBL Capital-Tourism Right Issue नाममा रहेको कुमारी बैंकको खाता नम्बर ०१२४५२४६१५४२५०१७ मा पैसा संकलन गरि लिलाम बढाबढमा राखिएको हकप्रदमा आबेदन दिन सक्ने छन। यस पटक लिलाममा राखिने संस्थापक तर्फको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आबेदन दिन सक्नेछन। 


बैंकको वित्तीय अवस्था  

टुरिजम डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २० करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। शतप्रतिशत हकप्रद बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब २ करोड पुग्ने छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट हकप्रदले र लिलाम बढाबढले समेत पाउने गरि ९ दशमलब ३० प्रतिशत बोनस सेयर बितरण गर्दै छ। 

बैंकले मेगा बैंकसंग मर्जरमा जानका लागी सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ। मर्जर प्रक्रियामा रहेकाले बैंकको सेयर कारोबार रोक्का रहेको छ। टुरिजमले हकप्रद तथा बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ९५ प्रतिशत स्वाप अनुपातमा मेगासंग मर्जरमा जान लागेको हो। यता मेगा बैंकले समेत ६५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रक्रियामा रहेको छ। टुरिजमसंगको मर्जर पश्चात मेगा बैंकको चुक्ता पुंजी ९ अर्ब ४८ करोड नाघ्ने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved