कामना बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 07:53:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना बिकास बैंकले १० बराबर ३ अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको छ। बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले असार ११ देखि हकप्रद बिक्रि खुला गरेको हो। 

बैंकले २४ करोड १३ लाख रुपैयाँ बराबरको २४ लाख १३ हजार १ सय ३७ दशमलब ६० कित्ता हकप्रद बिक्रि खुला गरेको हो। गत मङ्सिर १० सम्म कायम सेयरधनीहरुले असार ११ देखि साउन १५ सम्म हकप्रद भर्न पाउनेछन। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ।  

मङ्सिर ११ सम्म कायम इच्छुक सेयरधनीहरुले एनआइबिएल क्यापिटल मार्केटस, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, बुटवल, नेपालगंज, धनगडी तथा कामना बिकास बैंकको सम्पूर्ण शाखा कार्यालयबाट हकप्रद फारम प्राप्त गरि भरेर बुझाउन सक्नेछन।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १४ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हाल कामना बिकास बैंक १ बराबर १ को स्वाप अनुपातमा सेवा विकास बैंकसंग मर्जर प्रक्रियामा रहेको छ। कामना बिकास बैंकको सेयर कारोबार सेवा बिकास बैंकसंग मर्जर प्रर्कियामा रहेकाले गत मङ्सिर ११ देखि रोक्का रहेको छ।  

मर्जर पश्चात कामना सेवा बिकास बैंक नाम रहने जनाइएको छ। मर्जर पश्चात बन्ने बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड पुग्ने छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन बैंकले करिब २१ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गर्नु पर्नेछ। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved