गोर्खाज फाइनान्सको १० लाख ५५ हजार १ सय ८९ कित्ता सेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 07:49:47 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स लिमिटेडले साउन १० गतेदेखि हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। कम्पनीले ९ लाख ७ सय ९३ कित्ता संस्थापक शेयर र १ लाख ५४ हजार ३ सय ९६ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको हो  । 

कम्पनीले जेठ १ गतेदेखि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा आवेदन नपरेको करिब ३६.४६ प्रतिशत शेयर लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो  । बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

इच्छुक बोलकबोलदाताले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन् । बोलपत्रको नतिजा साउन २० गते १० बजे बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालयमा खोलिने छ । एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय, लाजिम्पाटबाट आवेदन उपलब्ध हुने छ ।  

इच्छुक बोलकबोलदाताले साउन १९ गतेसम्म एनआईबिएल क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर 0124524615903016 मा NIBL Capital-Gurkhas Right Issue नाम उल्लेख गरी रकम जम्मा गर्नु पर्ने छ ।  

फाईनान्सले गत आर्थक बर्षको तेस्रो त्रैमासमा १० करोड ३० लाख खुद नाफा गरेको थियो  । हाल कम्पनीको चुक्तापुंजी ५७ करोड ८६ लाख रहेकोमा सम्पूर्ण हकप्रद बिक्रिपछि चुक्ता पुंजी ८६ करोड ७९ लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved