एभरेष्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 07:13:36 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले असार १८ देखि हकप्रद बिक्री खुला गरेको छ। बैंकले असार १८ देखि ३ बराबर १ अर्थात ३३ दशमलब ३३ प्रतिशतका दरले हकप्रद बिक्री खुला गरेको हो। 

बैंकले हकप्रद बिक्री प्रयोजनका लागि असार ७ गतेका लागि बुक क्लोज गरेकाले असार ६ सम्म कायमसेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। असार ६ सम्म कायम सेयरधनीहरुले असार १८ देखि साउन २२ गतेसम्म हकप्रद भर्न पाउने बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। 


बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्रि खुला गरेको हो। असार ६ सम्म कायम सेयरधनीहरुले बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, काठमाडौं र एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट सहित सम्पूर्ण शाखा कार्यलयबाट आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन। 

हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ५६ लाख ३४ हजार ४ सय पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी चार अर्ब तीन करोड ५२ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved