नेपाल एसबीआई बैंकको ४ लाख ६९ हजार कित्ता अवितरित हकप्रद शेयर आजदेखि लिलाममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 12:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबीआई बैंकले आज साउन ९ गतेदेखि हकप्रदमा अवितरित सेयर लिलाम बढाबढमा बिक्रि गर्दै छ। कम्पनीले ४ लाख ६९ हजार ५२ दशमलव ६० कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो  । 

कम्पनीले जेठ ७ गतेदेखि निष्काशन गरेको ४० प्रतिशत हकप्रदमा आवेदन नपरेको करिब २.३५ प्रतिशत शेयर लिलाम बढाबढमा बिक्रि गर्ने लागेको हो  । बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

इच्छुक बोलकबोलदाताले साउन १६ गतेसम्म आवेदन दिन सक्ने छन् । बोलपत्रको नतिजा साउन १८ गते ३:३०  बजे बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा खोलिने छ । 

इच्छुक बोलकबोलदाताले साउन १६ गतेसम्म एनएमबि क्यापिटलको नाममा एनएमबी बैंकमा रहेको खाता नम्बर 00130600054010000193  मा वा नेपाल एसबिआई बैंकमा रहेको खाता नम्बर  17735240100098 मा आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा गर्न सक्ने छन्  ।  

नेपाल एसबि आई बैंकले आर्थी बर्ष ७३/७४ को तेस्रो त्रैमासमा १ अर्ब १० करोड खुद नाफा गरेको थियो  ।  हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ९७ करोड रहेकोमा पूर्ण हकप्रद बिक्रिपछि चुक्ता पुंजी ६ अर्ब ९७ करोड पुग्ने छ  ।   बैंकको अधिकृत चुक्ता पुंजी १० अर्ब रहेको छ भने साधारण संस्थापक शेयर अनुपात ७०:३० रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved