फर्स्ट माइक्रोफाइनान्सको ११ हजार ६ सय २६ कित्ता सेयर लिलाममा, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 07:40:49 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। माइक्रोफाइनान्सले ११ हजार ६ सय २६ कित्ता साधारण सेयर लिमाम मार्फत बिक्रि गर्न लागेको हो। 

माइक्रोफाइनान्स बैशाख २८ देखि जेठ ३१ सम्म २ बराबर १ अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर साउन १५ देखि साउन २२ सम्मका लागि लिलामीमा राखेको हो।

माइक्रोफाइनान्सले १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद बिक्री गर्दा आबेदन नपरेको करिब शुन्य दशमलब ८७ प्रतिशत अवितरित सेयर लिलाम मार्फत बिक्री गर्न लागेको हो।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको सेयर पाउने छन। 


इच्छुक बोलकबोल दाताले साउन २२ गतेभित्र बैंकिङ समय ३ बजेसम्म बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर, जमलमा आइपुग्ने गरि आबेदन निबेदन दिनुपर्नेछ। बोलपत्रको नतिजा साउन २५ गते ३ बजे बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल मार्केट्सको कार्यालयमा खोलिने छ।

इच्छुक बोलकबोलदाताले साउन २२ गतेसम्म ग्लोबल आइएमई क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१५८७०१९ मा Global IME Capital Limited कोनाम उल्लेख गरी रकम जम्मा गर्नु पर्नेछ।  

फर्स्ट माइक्रोले गत आर्थिक बर्ष ८ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। माइक्रोफाइनान्सको पछिल्लो पटक (साउन ११ गतेको कारोबार अनुसार) प्रति कित्ता १०३८ रुपैयाँमा सेयर कारोबार भएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved