ज्योति बिकास बैंकको संस्थापक सेयर साउन १६ देखि पुन:लिलामीमा,सर्वसाधारणले पनि किन्न पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 11:45:05 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले साउन १६ देखि हकप्रदमा अवितरित संस्थापक सेयर पुन: लिलाम बढाबढमा बिक्री गर्ने भएको छ। बैंकले ७ लाख ७ हजार ४७ दशमलब ६० कित्ता संस्थापक सेयर पुन: लिलाम बढाबढमा बिक्री गर्न लागेको हो। 

इच्छुक बोलकबोल दाताले साउन १६ देखि साउन २३ गतेसम्म आबेदन दिन सक्ने बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जानकारी दिएको छ।

बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। साउन २३ गते बैंकिङ समय भित्र सिद्दार्थ क्यापिटलमा आइपुग्ने गरी आबेदन दिनुपर्ने क्यापिटलले जनाएको छ।

बैंकले असार २१ देखि असार २८ गतेसम्म हकप्रदमा अवितरित सेयर बोलकबोल बढाबढ गरी बिक्रि गर्दा साबिकका संस्थापक सेयरधनीबाट दरखास्त प्राप्त हुन नआएको ७ लाख ७० हजार ४७ दशमलब ६० कित्ता सेयर पून: लिलाममा राखेको हो। यस पटक लिलाममा राखिने संस्थापक तर्फको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आबेदन दिन सक्नेछन।



बैंकले बैशाख २८ देखि जेठ ३१ सम्मका लागि १ बराबर १ अर्थात शतप्रतिशतका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलामीमा राखेको हो। 

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात ज्योति बिकास बैंकको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। २०७४ असार मसान्त भित्र राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना अन्तर्गत बैंकले हालै मात्र राप्तिभेरीलाई प्राप्ति गर्ने सहमति गरेको छ। बैंकले गत आर्थिक बर्ष २४ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

ज्योति बिकास बैंकको मुनाफा २४ करोड ८४ लाख, स्थापनाको १० औ बर्षमा यस्ता छन नयाँ योजना


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved