सप्तकोशी डेभलपमेण्ट बैंकको १३० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 09:43:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी डेभलपमेण्ट बैंकले असार ३० गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ । बैंकले १ बराबर १ दशमलब ३ अर्थात १३० प्रतिशतको दरले हकप्रद बिक्री खुला गरेको हो।  

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले २७ करोड ४३ लाख रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि बैंकले असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले असार १३ गतेसम्म कायम सेयरधनीले असार ३० गतेदेखि भदौ १ गतेसम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन्। बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।  


१३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २१ करोड १० लाख रुपैयाँ रहेको छ। 

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउन बैंकले हकप्रद बिक्रि तथा वितरण पश्चात यस आर्थिक बर्षको कमाईबाट न्युनतम ३ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved