एभरेष्ट, पूर्णिमा र गुडविलको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2017 | 09:40:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक

एभरेष्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो। बैंकले असार १८ देखि ३ बराबर १ अर्थात ३३ दशमलब ३३ प्रतिशतका दरले हकप्रद बिक्री खुला गरेको हो। 

बैंकले हकप्रद बिक्री प्रयोजनका लागि असार ७ गतेका लागि बुक क्लोज गरेकाले असार ६ सम्म कायमसेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। असार ६ सम्म कायम सेयरधनीहरुले असार १८ देखि साउन २२ गतेसम्म हकप्रद भर्न पाउने बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर बिक्रि खुला गरेको हो। असार ६ सम्म कायम सेयरधनीहरुले बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल, काठमाडौं र एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट सहित सम्पूर्ण शाखा कार्यलयबाट आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन। 

हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ५६ लाख ३४ हजार ४ सय पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी चार अर्ब तीन करोड ५२ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ ।   

एभरेष्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

पुर्णिमा बिकास बैंक

पुर्णिमा बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो। बैंकले ४ बराबर १ अर्थात २५ प्रतिशतका दरले असार १९ देखि साउन २२ गतेसम्मका लागि हकप्रद बिक्री खुला गरेको हो। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार ९ सय ६२ दशमलब ८२ कित्ता हकप्रद बिक्रीमा राखेको हो। 

२५ प्रतिशत हकप्रदका लागि बैंकले जेठ १५ का लागि बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। जेठ १४ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौं र सिद्दार्थ बैंकको देशभरीका शाखा कार्यालय तथा पुर्णिमा बिकास बैंकको भैरहवा, रुपन्देही लगायत सम्पूर्ण शाखा कार्यालय मार्फत आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्नेछन।    

२५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४४ करोड ४ लाख पुग्नेछ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ५० करोड पुर्याउन बैंकले ५ करोड ९६ लाख बराबरको पुंजी थप गर्नुपर्नेछ। यसका लागि बैंकले गत आर्थिक बर्षको कमाईबाट न्युनतम १४ प्रतिशत बोनस सेयर वितरण गर्नुपर्ने हुन्छ। 

पुर्णिमा बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

गुडविल फाइनान्स

गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो। फाइनान्सले असार १८ देखि १० बराबर ६ अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो।   

हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले असार २ गते बुक क्लोज गरेको थियो। असार १ गतेसम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् । सेयरधनीहरूले असार १८ देखि साउन २२ गतेसम्म हकप्रदका लागि आवेदन दिन सक्नेछन।  

फ़ाइनाइन्सले प्रति कित्ता १ सय रुपैयाँका दरले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद बिक्रीमा राखेको हो। फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकका एनआइबिएल क्यापिटल रहेको छ। 

असार १ गतेसम्म कायम सेयरधनीहरुले एनआइबिएल क्यापिटलको कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु, र नेपाल इन्भेष्टमेन्ट बैंकका बिरगंज, बिराटनगर, चिप्लेढुंगा पोखरा , बुटवल र धनगढी शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरी हकप्रद भरी बुझाउन सक्नेछन। 

६० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ५९ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४५ करोड ३७ लाख रुपैयाँ रहेको छ।

गुडविल फाइनान्सको ६० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved