माछापुच्छ्रे बैंकको हकप्रद भर्ने आज अन्तिम दिन , कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2017 | 06:06:43 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि हकप्रद बिक्री गरिरहेको छ। बैंकले एक सय बराबर १२ कित्ता सेयर अर्थात १२ प्रतिशतका दरले साउन ५ देखि भदौ ७ गतेसम्मका लागी हकप्रद बिक्री खुला गरेको हो। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ७९ करोड १८ लाख रुपैयाँ बराबरको ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद बिक्री खुला गरेको हो। १२ प्रतिशत हकप्रदका लागी बैंकले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले जेठ १४ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

जेठ १४ सम्म कायम सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल काठमाडौं र माछापुच्छ्रे बैंकको सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरी हकप्रद भरेर बुझाउन सक्नेछन।    

१२ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड रहेको छ। गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले ८९ करोड खुद मुनाफा आर्जन गरेको थियो। माछापुच्छ्रेको खुद मुनाफा बिजपाटी डटकमले प्रक्षेपण गरेको बराबर हो।   

हाल बिक्रीमा रहेको १२ प्रतिशत हकप्रदलाई समायोजन गर्दा बैंकसंग १५ दशमलब ६ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने क्षमता रहेको छ। यद्दपी बैंकले १२ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात ८ दशमलब २५ प्रतिशत बोनस दिंदा पनि उसले सहजै चुक्ता पुंजी ८ अर्ब नघाउनेछ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved