हाम्रो विकासको अवितरित संस्थापक सेयर लिलाममा, सर्वसाधारणले पनि किन्न पाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 12, 2017 | 09:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

हाम्रो विकास बैंकले साउन ३१ देखि हकप्रदमा अवितरित १ लाख ७१ कित्ता सेयर पुन: लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ। बैंकले यस अघि लिलामी मार्फत बिक्री खुला गर्दा संस्थापक तर्फ पूर्ण रुपमा आबेदन नपरेका सेयर पुन: लिलामीमा राखेको हो। 

सार्वजनिक गरिएको सूचना अनुसार बैंकले १ लाख ७१ हजार ३४१ दशमलब ७६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। इच्छुक जो कोहि ब्यक्तीले लिलाममा राखिएको संस्थापक सेयरमा आबेदन दिन सक्नेछन।

इच्छुक आवेदकले साउन ३१ देखि भदौ ६ भित्र बैंकको केन्द्रीय कार्यालय बिदुर-३ बट्टार, नुवाकोट वा बैंकको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलमा आइपुग्ने गरी आबेदन दिनुपर्नेछ। बोलपत्रको नतिजा भदौ ७ गते ३ बजे एनआइबिएल क्यापिटल मार्केटको कार्यालयमा खोलिने छ ।


बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० र अधिकतम २५ हजार कित्ताको लागि आबेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।

इच्छुक बोलकबोलदाताले साउन ३१ देखि भदौ ६ गतेसम्म एनआईबिएल क्यापिटलको नाममा कुमारी बैंकमा रहेको खाता नम्बर ०१२४५२४६१९९७०१८  मा  आफुले खरिद गर्न चाहेको शेयरको लागि रकम जम्मा गर्न सक्ने छन्  ।     

हाम्रो बिकास बैंकले १ बराबर २ कित्ता अर्थात २०० प्रतिशत हकप्रद बिक्रि खुला अवितरित संस्थापक सेयर लिलाम मार्फत बिक्रि गर्न राखेको हो। यस अघि संस्थापक सेयरधनीले मात्र आबेदन दिन सक्ने गरी लिलामीमा राखिएकाले यसपाली भने सर्वसाधारणले समेत संस्थापक सेयरमा आबेदन दिनसक्नेछन। बैंकले गत आर्थीक बर्ष ४ करोड ३५ लाख खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved