ज्योति विकास बैंक बन्यो राप्ति गाउँपालिका पुग्ने पहिलो बैंक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 01, 2017 | 04:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले देश भर शाखा बिस्तार गर्ने क्रममा दाङको राप्ति गाउँपालिका-४ मौरिघाटमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। यस संगै उक्त गाउँपालिकामा पुग्नेमा ज्योति बिकास बैंक 'पहिलो' बनेको छ। 

शाखा कार्यालयको उद्घाटन राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे।यस संगै दाङमा ज्योतिको शाखा कार्यालय संख्या ४ पुगेको छ।

उद्घाटन अवसरमा बोल्दै बैंकका अध्यक्ष खड्काले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिंदै आएको बैंकले सेवा क्षेत्रलाई ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लैजाने बताए। 

शाखा उद्घाटन अवसरमा गाउँपालिका अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राप्ती उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदन कुमार महत , राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो।     

२०६५ साल साउन ९ देखि राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकले ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

साथै बैंकले विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने जनाएको छ।

बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरि १० अर्व ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आर्थिक बर्षको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved