राष्ट्र बैंकले १० अर्ब पठाउन खोज्दा बैंकहरुले लिए साढे ६ अर्ब, के तरलता अभाब सकिएकै हो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 08:57:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिकास ऋणपत्र खरिदमार्फत वित्तीय बजारमा १० अर्ब पठाउन खोज्दा बैंकहरुले ६ अर्ब मात्रै लिएका छन। लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरुले बजारबाट महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले आज आइतबार वित्तीय बजारमा १० अर्ब पठाउन चाहेको थियो।

तर गत सातासम्म महँगो ब्याजदरमा बजारबाट पैसा उठाएका बैंकहरुले भने राष्ट्र बैंकले प्रवाह गर्न खोजेको रकममा भने कम आवेदन दिएका छन। १० अर्ब रुपैयाँको विकास ऋणपत्र सोझै बोलकबोलमार्फत खरिद गरी रकम प्रवाह गर्न खोजिएकोमा १२ बैंकले ६ अर्ब ५३ करोड रुपैयाँको लागि मात्रै आवेदन दिएको राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले जनाएको छ।

वित्तीय बजारमा गत साता मात्रै २५ अर्ब पठाएको राष्ट्र बैंकले आइतबार अर्थात पुष २३ मा फेरी १० अर्ब पठाउन चाहेको थियो। राष्ट्र बैंकले गत आइतबार ५ अर्ब, बुधबार १० अर्ब र बिहिबार १० अर्ब गरि २५ अर्ब रुपैयाँ वित्तीय बजारमा पठाएको हो। 

अघिल्ला तीन चरणसम्म मागभन्दा बढी आबेदन परे पनि चौथो दिन भने कम आवेदन पर्नुले तरलता अभाब कम भएको आंकलन गरिएको छ। बैंकहरुले कम आबेदन दिनुले बैंकिङ प्रणालीमा ४७ अर्ब अधिक तरलता रहेको राष्ट्र बैंकको दाबि वास्तविक रहेको विश्लेषण गरिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved