नेपालले क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको एकदिवसीय वरियता सूचीमा स्थान पाएको छ। युएईसंगको शृंखला सकिएसंगै नेपाल बरियतामा प्रवेश भएको हो । यूएईसँगको तीन खेलको समाप्तीसँगै नेपालले छ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।
यस अघि नै नेपाल बरियतामा रहे पनि कम खेल खेलेको कारण आईसीसीले अंक दिएको थिएँन । अब भने नेपाल औपचारिक रुप मै बरियतामा प्रवेश गरेको हो ।
यस अघि खेलेका छ खेलमा तीन हार र तीन जीतको नतिजाले नेपाल पुछारमा १५ औं स्थानमा छ। नेपालको १५२ अंक र १५ रेटिङ अंक छ। १४ औ स्थानमा रहेको युएईको पनि १५ नै रेटिङ छ तर उसको २६३ अंक छ । यद्यपि अंकको आधारमा नभई रेटिङको आधारमा बरियता निर्धारण हुने हुँदा नेपालले अब १ खेल जिते युएई भन्दा अगाडी आउने छ ।
हेर्नुस हालको बरियता ।
यो पनि :
ऐतिहासिक जितपछि पारसले भने 'यो सुरुवात मात्रै हो' (भिडियो)