यूएईले अब गोल्डेन भिषा दिने, क-कसले लिन पाउँछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 06:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (यूएई)ले गोल्डेन भिषा कार्यक्रम ल्याएको छ । असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी यस्तो भिषा कार्यक्रम ल्याएको हो ।

उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् । गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने प्रस्ताव गरिएको यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताए ।

उनले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अङ्ग हुनेछन् ।” उक्त खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर (एक खर्ब दिराम) बराबर लगानी गर्ने छ हजार ८०० लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताए ।

यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो । खासगरी खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो । पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसङ्ख्या रहेको यहाँ उल्ेख्य सङ्ख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved