सबैको लघुवित्तले टुङगो लगायो आगामि बर्षको कार्ययोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 03:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्थाले आगामी आर्थिक बर्षको कार्ययोजना सहित योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । संस्थाले पोखरामा शनिबार गोष्ठि सम्पन्न गरेको हो ।

जेठ ९ गते देखि ११ गते सम्म पोखरामा संचालन भएको उक्त गोष्ठीमा संस्थाले चालु आर्थिक बर्षको तेश्रो त्रैमासिक अवधीको समिक्षा सहित आगामी आर्थिक बर्ष २०७६।७७ को योजना तर्जुमा बिषयमा छलफल सम्पन्न गरेको छ । गोष्ठीमा संस्थाका ३८ शाखाका शाखा प्रमुखहरुले आआफ्नो शाखाको लक्ष्य तथा प्रगती बिवरण र आगामी आर्थिक बर्षको कार्ययोजना प्रस्तुत गरेका थिए । 

गोष्ठीमा बर्तमान समयमा लघुवित्तमा देखिएका समस्या र चूनौती तथा समाधानका उपायहरुबारे बिस्तृत रुपमा छलफल  गर्दै  संस्थाको आगामी आर्थिक बर्षको कार्ययोजना अनुरुप कार्य गर्न ३८ शाखाका शाखा प्रमुखहरुलाई  आग्रह गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved