अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली चल्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । गोली प्रहारबाट २६ जना घाइते छन् । बीबीसीका अनुसार, घटनास्थल अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।
मृतकको पहिचान भएको छैन । तर मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले आफ्ना ३ नागरिकले ज्यान गुमाएको र ६ नागरिक घाइते भएको बताएका छन् । घटनामा संलग्नको आशंकामा प्रहरीले दल्लासका २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ ।