एनआरएनएको मतदान स्थगित, प्रतिनिधिद्वारा कुर्सी टेबुल तोडफोड र नाराबाजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 09:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ । निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरि ८ बजे पछि मात्र मतदान सुरु भएको मतदान भोटिंङ मशिन ब्रिग्रिएपछि स्थगित भएको हो । इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आए पछि भोलि विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।  

यस अघि नै प्रतिनिधिहरुले मतदान ढिलो सुरु गरेको भन्दै नाराबाजी र तोडफोड समेत गरेका थिए । आक्रोशित भीडले मतदान स्थाल बहिरको केही टेबल कुर्सी फुटाएका थिए । मतदान स्थगित भएपछि पुन नाराबाजी सुरु भएको छ । 

युवा संयोजकका उम्मेदवार सुदिप कार्की लगायतको समुहले आफुहरुलाई गोटी बनाईएको र प्रहरीको घेरा भित्र चुनाव गर्न नसकिने बताउदै मतदान बहिष्कार गर्ने चेतावनी दिएको छ ।  नाराबाजी भएपछि कडा सुरक्षाका बीच मतदान सुरु भएको थियो ।  मतदान स्थलमा मोबाइल फोन समेत निशेध गरिएको थियो ।

निर्वाचनमा ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उनले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved