राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाजमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ । निगम कार्यकारी समितिको बैठकले जहाजसहित अन्य सवारीसाधनमा समेत भ्रमण वर्षको लोगो राख्ने निर्णय गरेको सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन् ।
निगमले फेसबूक, ट्वीटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने भएको छ । निगमले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यस्तो निर्णय गरेको जनाएको हो ।