माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 04:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

ललिता निवासको जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई बिरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा रहेका नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाएको थिएन । उक्त प्रकरणमा तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्त्रिपरिषद्का अध्यक्षको रुपमा रहेका प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै आलोचना पनि भईरहेको छ ।

त्यस्तै अख्तियारले दायर गरेको एक सय ७५ जनामा पूर्व भौतिकमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार पनि परेपछि कांग्रेसले विरोध जनाउदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved