लाभांश लिन बाँकी सेयरधनीहरुलाई ३ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 10:31:41 AM मा प्रकाशित

laxmi  sunrise bank

 सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited  , आइसि एफ् सि ICFC Finance Limited  र मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited ले आफुले लिन बाँकि लाभांश लिन आउँन आग्रह गरेको छ । यी कम्पनीका लगानीकर्ताहरुले विभिन्न आर्थिक वर्षहरुको साधारण सभाबाट पारित भएको लाभांश हालसम्म पनि लिन नआएकोले सुचना जारी गरेको हो । 

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २०६८÷६९ सम्मको नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिसकेकाले आव २०६९÷७० को नगद लाभांश लिन बाँकीले कम्पनीको सेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलमा सम्पर्क राखी लिन सकिने सुचना दिएको हो । मेरो माइक्रोफाइनान्स र आईसीएससी फाइनान्सले पनि वोनस तथा नगद लिन बाँकी सेयरधनीहरुले आफ्नो लाभांश पूँर्जा लिन सुचना दिएको छ ।  

हालसम्म हितग्राही खाता नभएका सेयरधनीहरुले सेयर डिम्याट गराएपछि वोनस पाउन सक्नेछन् । साथै, सेयरधनीहरुले डिम्याटमा भएको बैंक खाता अद्यावधीक गराएपछि मात्र कम्पनीले नगद लाभांश आइपिएस मार्फत खातामा जम्मा गर्नेे छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved