नक्कली सर्टिफिकेटधारी प्रहरी विरुद्ध मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 04:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) विरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र रहेको दावीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। सई उत्तम कार्की विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार कार्की भारतको मगध विश्वविद्यालयबाट बीकम उतिर्ण गरेको प्रमाणपत्र पेश गरेर बढुवा नियुक्ति भएका थिए । उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । कार्की विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको सजायको माग गर्दै आरोपपत्र दायर गरेको जनाईएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved