पूर्वराजा वीरेन्द्रको घर सर्वधारणका लागि खुल्दै, प्रवेश गर्न १ हजारसम्म शुल्क लाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2020 | 10:55:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वराजा वीरेन्द्र शाहको निजी निवास सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । चैत १ देखि गणतन्त्र स्मारक सञ्चालन गर्ने निर्णय गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले पूर्वराजा वीरेन्द्रको निजी निवास पनि सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।

वैशाख १ गतेबाट वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न सक्ने भएका छन् । यसअघि नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भए पनि राजा वीरेन्द्रको निजी निवासमा प्रवेश गर्न दिइएको थिएन । नारायणहिटीसँगै निर्माण गरिएको गणतन्त्र स्मारक पनि आउँदो चैत १ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

केही महिनाअघि मात्रै उद्घाटन भएको स्मारक चैत १ देखि खुला गर्न लागिएको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले जनाएको छ । समितिका अनुसार स्मारक बिहान ८ देखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । सुरुको १ महिना निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

९ वर्षमुनिका विद्यार्थी र ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्यार्थी, स्वदेशी, सार्क देशका नागरिक र त्यसबाहेकका देशका नागरिकलाई शुल्क लाग्नेछ । समितिले ५० रुपैयाँदेखि १ हजारसम्म शुल्क तोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved