नेपालसँग खुला सीमा भएको उत्तर प्रदेशमा भेटिए कोरोनाको बिरामी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 02:35:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालसँग खुला सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उत्तर प्रदेश राज्यमा हालसम्म ११ जनामा भाइरसको संक्रमण पुष्टि भएको टाइम्स अफ इण्डियाले जनाएको छ 

उत्तर प्रदेशसँग नेपालका बाँके, बर्दिया, कैलाली , कंचनपुर, कपिलवस्तु, दाङ, रुपन्देही लगायतका जिल्ला जोडिएका छन् 

हालसम्म भारतमा ७३ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। उत्तर प्रदेशमा ११ जना बाहेक दिल्लीमा ६ जना, हरियानामा १४ जना, राजस्तानमा ३ जना, केरलामा १७ जना, तेलंगानामा १ जना, जम्मु कश्मिरमा १ जना, लदाखमा ३ जना, तमिल नाडूमा १ जना, महाराष्ट्रमा ११ जना, कर्नाटकामा ४ जना र पन्जाबमा १ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved