कोरोना विरुद्दको अभियान चलाउन महासंघले बनायो श्रेष्ठको नेतृत्वमा कार्यदल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 05:39:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको संक्रमणबाट बच्न पहल कदमी लिने निर्णय गरेको छ । महासंघले यूनएनडीपी/यूनिसेफको सहकार्यमा स्थानीयस्तरसम्म जनचेतनामुलक कार्यक्रम लैजाने निर्णय गरेको हो । 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरी उक्त कार्यदलमार्फत आवश्यक उपकरण, औषधि, सरसफाईका सामग्रीहरूको वर्तमान वस्तुको उपलब्धता संकलन गर्ने, मास्क, स्यानीटाइजरलगायतका सरसफाई सामग्री संकलन गर्ने र आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने पनि निर्णय गरेको छ ।

महासंघले कोरोना विरुद्दको जनचेतनामुलक कार्यक्रम संचालन गर्न र आवश्यक सामग्रीहरूको वितरण गर्न प्रदेश च्याप्टरहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved