नेपाल क्लियरिङ्ग हाउसको एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीहरुमा आईपे रेमिट आबद्ध भएको छ ।
यससंगै रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली मार्फत रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आईपीएस मार्फत भुक्तानी गर्न सकिने भएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीजद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ ।