२ कम्पनीको १३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 08:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ वटा कम्पनीको गरि कुल १३ लाख २१ हजार ८९ दशमलव ९ कित्ता शेयर सुचिकृत भएको हो ।

आज नेप्सेमा पोखरा फाइनान्सको ६ लाख ९० दशमलव ८३ कित्ता बोनस शेयर र स्वरोजगार लघुवित्तको ७ लाख २० हजार ९ सय ९९ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

आज नै महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाख ५७ हजार ७ सय ३७ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । यस संगै कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ५२.४९:४७.५१ कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved