एकैपटक ३ हजारले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 10:54:00 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार तोलाको ८१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ हजार रुपैयाँले घटेर ७८ हजार २ सय रुपैयाँमा आइपुगेको छ । चाँदी तोलामा ४० रुपैयाँले घटेर ८२० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६७ हजार ३ सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६७ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७०३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved