ताप्लेजुङका आगलागी पीडितलाई नाडाद्वारा २ लाख आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 04:50:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्वाङसँग भेटवार्ता गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्सीय नाडा प्रतिनिधिले मन्त्रीसंग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङ्गलाई सहयोग स्वरुप २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । 

भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरु संग रकम संकलन गरि २ लाख १ हजार रुपैयाँको चेक मन्त्रीलाई हस्तान्तरण गरेका हुन् । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती पनि कार्यक्रममा सहभागी थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved